काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताएका छन् । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले उद्योग मन्त्रालयसँग सम्बन्धित रहेर नै धेरै कानुन सुधार भएको दाबी गरे । उनले सेवा प्रवाह, लगानी प्रवर्द्धन, प्रविधिको विकासको क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
मन्त्री भण्डारीले भने, ‘अहिलेका कानुन सुधारमा सबैभन्दा बढी उद्योग मन्त्रालयसँग सम्बद्ध कानुनहरू सुधार भएका छन् । जहाँ सेवा प्रवाहको रूपमा, लगानीको क्षेत्रको रूपमा, अहिलेको प्रविधिको विकासको क्षेत्रमा सरकारले प्राथमिकतामा राखेको छ । जहाँसम्म आज खासगरी ट्याक्सको सन्दर्भमा पनि विषय उठेका छन् । सरकारको तर्फबाट यहाँ थोरै सहुलियत भयो भने यो क्षेत्रलाई अझ माथि लैजान सकिन्छ, हामीले यसको विकास गर्नसक्छौँ भन्नुभएको छ ।’
मन्त्री भण्डारीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अघि बढाउने, गुड गभर्नेन्स बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन