काठमाडौं। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दाङ र रुपन्देहीमा तीन जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चन्द्र प्रसादले ती बालिकालाई सोही गाउँपालिका-४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस्तै, १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । उनीहरूलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ती बालिकालाई मंगलबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ