चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रूपान्तरण अभियानबाट हल गर्ने बताएका हुन् ।
अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइनसकेको उनको भनाइ थियो । श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्न एकताबद्ध ढङ्गले अघि बढाउने धारणा राखे ।
उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुराइछाड्ने उल्लेख गरे । श्रेष्ठले सरकारको गतिविधि सबैलाई जगजाहेर भएकाले भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । उनले भरतपुरको विकास क्रान्तिकारी ढङ्गले भएको भन्दै भरतपुर महानगरकी प्रमुख रेनु दाहालको प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ