एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन् ।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका थिए । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जेलेन्स्कीसँग ट्रमपले फोन संवाद गरेको जानकारी दिउकी हुन् ।
जेलेन्स्की र ट्रम्पबीच धेरै सकारात्मक कुराकानी भएको उनको भनाइ छ । अमेरिकी सरकार ‘शान्ति’ र रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न प्रतिबद्ध रहेको उनले बताइन् ।
राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै लेभिटले शुक्रबार म्युनिखमा हुने बैठकका सम्बन्धमा अमेरिका र युक्रेनका नेताबीच छलफल भएको बताइन् ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो । हामी कसरी मिलेर शान्ति स्थापना गर्न सक्छौं भन्ने कुरामा उहाँले चासो लिनुभएकोमा म प्रशंसा गर्छु।'
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै भेट्ने कुरा गरेका थिए । यद्यपि राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ फागुन २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?