काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताए । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उनको भनाइ छ ।
मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो । उनले सम्बन्धित निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राखे ।
मन्त्री गुरुङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिए । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरुङले भने । उनले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो’ : मन्त्री गुरुङ
मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैन : मन्त्री गुरुङ
मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य हो : मन्त्री गुरुङ
राजीनामा दिएका मन्त्री गुप्ता दोषी देखिए कारबाही हुन्छ: मन्त्री गुरुङ
आज या भोलिमा संसद अवरोध हट्छ : मन्त्री गुरुङ
नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ : मन्त्री गुरुङ