वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगभग ५० वर्ष पुरानो विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) खारेज गरेका छन् । यससँगै अब विदेशमा व्यापार व्यवसायको लागि घुस दिनु अमेरिकामा अपराध हुनेछैन । यही कानुन अन्तर्गत अमेरिकामा भारतीय व्यवसायी गौतम अदानीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । यसमा उनीमाथि भारतीय अधिकारीहरूलाई घुस दिने योजना बनाएको आरोप लागेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको २ दिन अगाडि ट्रम्पले यो निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई यस कानुनअन्तर्गत गरिएका निर्णयहरूको समीक्षा गर्न गाइडलाइन्स बनाउन निर्देशन दिएका छन् । ‘न्याय मन्त्रालयले ती अमेरिकीमाथि मुद्दा चलाउन रोक्नुपर्यो, जसमा अन्य देशमा व्यापार हासिल गर्न वा कायम राख्न विदेशी अधिकारीहरूलाई घुस दिएको आरोप छ,’ ट्रम्पले आदेश दिएका छन् ।
विदेशमा भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) अमेरिकाले १९७७ मा लागू गरेको थियो । यसअन्तर्गत अमेरिकामा दर्ता भएका कम्पनीहरूलाई व्यापार र अन्य उद्देश्यका लागि विदेशी अधिकारीहरूलाई घुस दिन प्रतिबन्ध लगाइएको थियो । ‘यो निर्णयले अमेरिकामा नयाँ व्यापारिक अवसरहरू ल्याउनेछ,’ सोमबार ह्वाइट हाउसको ओभल अफिसमा यो कानुन रोक्ने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यो कानुन खारेज गर्ने इच्छा व्यक्त गरेका थिए । भयानक कानुन भन्दै यो कानुनका कारण संसार अमेरिकामाथि हाँसिरहेको उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ माघ २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प