एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन्। उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन्।
ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन्। उनले सबै बन्दी रिहाइको अपेक्षा गरेको बताएका छन्।
हमासका प्रवक्ता अबु देबाइले विज्ञप्ति जारी गर्दै गाजामा विस्थापित भएकालाई फर्कन अवरोध सिर्जना गरिएको, मानिसमाथि आतङ्क फैलाइएको र आक्रमण गरिएको भन्दै बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएका थिए।
हमासले यसलाई युद्ध विराम उलंघनको संज्ञा दिएको छ। युद्ध विराम उलंघनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ माघ २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम