काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामीले पुराना शक्तिले भएन, काँग्रेसले गरेन, यसले गरेन भनिरहेका छौँ । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।
‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौँ भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौँ । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।
साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए । ‘हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुपर्यो भनेर वास्तविक चर्चा गरेका छौँ । थुप्रै समस्या छन् नेपालमा रु नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकसित, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो,’ भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराई गोरखा-२ बाट चुनाव लड्ने
बालेन र डा. बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?
निर्वाचनको विकल्प छैन: डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा