काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बज्न लाग्दा समेत बस्न सकेको छैन ।
विशेष कारण बस बैठकको समय सरेको संघीय संसद सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभाको बैठक आजै केही समयमा बस्ने छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको एकसट्टिऔँ वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने लगायतका अन्य कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले बताए । यसैबिच राष्ट्रिय सभाको बैठक भने अहिले जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर