काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुकुमबासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सुकुम्वासी पहिचान नगरी गरिएको डोजर आतङ्कले वास्तविक सुकुम्वासीको बिचल्ली भएको बताए।
उनले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू माथि कारबाही गर्ने सरकारले गरेको आँटलाई साहसिक कदमकै रूपमा लिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ, भोकभोकै सुकुम्वासीहरू बस्नुपर्ने स्थिति र तिनीहरूले भोकभोकै मात्रै होइन बाल, वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने स्थिति बनेको छ। होल्डिङ सेन्टरमा उस्तै अवस्था छ। यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ।’
उनले सुकुमबासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, १२ : १०
लेखकबाट थप