काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
तर, यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की संसद्मा मन्त्री शपथ ग्रहणको क्रममा सांसदहरूबीच झडप, केही घाइते
यस्तो छ संसद्मा पहिलो पटक प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको पूर्णपाठ
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची