सप्तरी । बोदेबरसाइन नगरपालिका-३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१-०२-००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।
मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारी साधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ । गत पुस २७ गते पनि बलान बिहुल गाउँपालिका-१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका-४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ माघ २०८१, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु