काठमाडौ । चालू आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ । बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको देखिएको हो ।
अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको कुल ३ अर्ब ४३ करोड रुपैयाँ अर्थात् बजेटको ५०.६४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयलाई कूल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । परराष्ट्र मन्त्री आर्जु राणा देउवा छिन् ।
अर्ध वार्षिक अवधिमा बजेट खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । उद्योग मन्त्रालयले विनियोजित बजेटको ७.६२ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयलाई विनियोजित कूल ८ अर्ब ८ अर्ब ४ करोड बजेटमा ६१ करोड मात्रै खर्च भएको देखिएको छ । उद्योग मन्त्रालयको जिम्मेवारी दामोदर भण्डारीले सम्हालेका छन् ।
त्यस्तै, रक्षा मन्त्रालयले कूल विनियोजित बजेटको ४६ प्रतिशत बजेट खर्च गरेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयले विनियोजित बजेटको ३३ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले २२ प्रतिशत बजेट खर्च गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिहा भएसँगै अमृत झालाई नेपाल ल्याउन परराष्ट्रले थाल्यो पहल
अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्छ परराष्ट्र
परराष्ट्र मन्त्री आरजूसँग रेशमको भेट
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी