काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो ।
तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु भएको छ । सम्भवतः आज फैसला आउने अदालत स्रोत बताउँछ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि