काठमाडौँ । सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भयो ।
तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु भएको छ । सम्भवतः आज फैसला आउने अदालत स्रोत बताउँछ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत