काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले गाजा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाको बारेमा स्पष्टीकरण दिएको छ ।
ह्वाइट हाउसका प्रवक्ताले ट्रम्प गाजाको पुनर्निर्माण र त्यहाँका मानिसलाई अस्थायी रूपमा स्थानान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । यद्यपि, ट्रम्पले स्थानान्तरण स्थायी हुनसक्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्रीले यो गाजाको पुनर्निर्माणको लागि राम्रो प्रस्ताव भएको बताएका छन् । गाजाबाट प्यालेस्टिनीहरूलाई निकालेर अर्को ठाउँमा स्थानान्तरण गर्ने मुद्दाको पाँच प्रमुख अरब देशहरूले विरोध गरेका छन् ।
यस विषयमा इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगका विदेशमन्त्रीहरूको बैठक बसेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाएर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए ।
गाजालाई ‘विनाशको ठाउँ’ भनेर वर्णन गर्दै ट्रम्पले भनेका थिए, “तपाईंहरू एक लाख हजार मानिसको बारेमा कुरा गर्दै हुनुहुन्छ । हामी त्यो सम्पूर्ण ठाउँलाई मेटाउनेछौँ । कदम अस्थायी वा दीर्घकालीन जे पनि हुनसक्छ ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ माघ २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम