काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ३५ अर्ब बराबर तरलता खिच्न लागेको हो ।
केन्द्रीय बैंकले २० दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी १३ फागुनमा भुक्तानी हुनेछ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने
बैँकिङ प्रणालीबाट एकै दिन ८० अर्ब तान्दै राष्ट्र बैँक
वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक