काठमाडौं। चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । अमेरिकाले कर लगाएपछि बदलामा चीनले पनि १० प्रतिशत कर लगाएको हो । यसले अमेरिकाबाट चीन आउने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ ।
अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाइएको २५-२५ प्रतिशत कर ३० दिनको लागि स्थगित गरेको छ । क्यानडा र मेक्सिकोले सीमाको सुरक्षामा सुधार गर्न र लागू औषध तस्करीविरुद्ध कडा कदम चाल्ने वाचा गरेपछि अमेरिकाले यो निर्णय लिएको हो।
क्यानाडा र मेक्सिको अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने देशहरू हुन् । ट्रम्पले शुल्क लगाउने घोषणा गरेपछि दुवै देशले जवाफी कारबाही गर्ने बताएका थिए । तर, चीनको भने कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा