काठमाडौं । सन् २०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटक भित्रिएको यो सङ्ख्या कोरोना महामारी पछिकै सर्वाधिक हो । सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएकोमा यस्तो सङ्ख्या सन् २०२० मा ७९ हजार ७०२ रहेको थियो ।
त्यस्तै, सन् २०२१ को जनवरीमा ८ हजार ८६४, सन् २०२२ को जनवरीमा १६ हजार ९७५, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र सन् २०२४ को जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२५ को जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट २० हजार ४८५ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा चीनबाट ८ हजार १९१ जना र अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
त्यस्तै, सन् २०२५ को जनवरीमा बंगलादेशबाट ५ हजार ४०६ जना पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट ४ हजार ३०१ जना पर्यटक आएका छन् । यसका साथै यस अवधिमा बेलायतबाट ३ हजार ५२१, थाइल्याण्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
मुख्य याममा सौराहामा पर्यटक घटे