काठमाडौं। चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशबारे चीनको वाणिज्य मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ, जसमा ट्रम्पको कदमविरुद्ध जवाफी कारबाही गर्ने भनिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, 'चीन यस कदमबाट पूर्ण रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।' यसले विश्व व्यापार संगठनको नियमको 'गम्भीर उल्लङ्घन' चीनको ठहर छ ।
चीनले यस्तो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगका लागि हानिकारक रहेको बताएको छ ।
चीनले अब अमेरिकाको 'गलत व्यवहार'विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा हाल्ने र 'आफ्नो अधिकार र हितको रक्षा गर्न' प्रतिकारात्मक कदम चाल्ने जनाएको छ । चीनले अमेरिकालाई आफ्नो गलत अभ्यास सच्याउन र समस्याको सामना गर्न चीनसँग मिलेर काम गर्न अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा