रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए ।
भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन् ।
बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ