काठमाडौं। लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महागरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला अदालतले रौनियारलाई २०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । उनी त्यसपछि फरार थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले उनलाई बिहीबार दिउँसो नगवाबाट पक्राउ गरिएको डीएसपी सुवास भट्टले बताए ।
पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा पर्सा प्रहरीको विशेष टोलीले दुई दिनको अवधिमा २४ हजार ३४७ जरिवाना तोकिएका १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालत पेश गरेको डीएसपी भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै