काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भएको र धेरैको ज्यान गएको समाचार सुन्दा आफङ आङ सिरिङ भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो । त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो ।’
सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबू–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनेको भन्दै उनले सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त भएको बताए ।
‘मैले संकल्प गरेँ– अब हामीले यस स्थितिलाई बदल्नु पर्नेछ र त्यसका लागि काम गर्नुपर्ने छ’, प्रधानमन्त्रीले भने, ‘यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।’
यसपटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साताअघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको भन्दै उनले अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले यसअघि थालेका कामहरुलाई हामीले कहाँ पुर्याउँदैछौँ भनेर संसदलाई जानकारी गराएका छन् । उनले काठमाडौँ–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल