काठमाडौ । नेपाली कांग्रेसको संसदीय दल बैठकमा सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
संसद बैठक शुरू हुनुअघि बसेको संसदीय दलको बैकठमा सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘अघिल्लो बैठकमा सांसदहरूले मन्त्री कामका विषयमा प्रश्न र जिज्ञासा उठाउनुभएको थियो । सरकारमा अझै प्रभावकारी काम होस् भन्ने सांसदहरूको चाहना थियो,’ खतिवडाले भने, ‘त्यसैले मन्त्रीले सांसदका गुनासा र प्रश्नको जवाफ दिइरहनु भएको छ ।’
बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताले जवाफ दिनेछन । कांग्रेसले आजबाट शुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रभावकारी रुपले प्रस्तुत हुने तयारी गरेको छ ।
यस घि संसदमा अड्किएर बसेका विधेयकलाई पारित गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग