काठमाडौ । नेपाली कांग्रेसको संसदीय दल बैठकमा सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
संसद बैठक शुरू हुनुअघि बसेको संसदीय दलको बैकठमा सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘अघिल्लो बैठकमा सांसदहरूले मन्त्री कामका विषयमा प्रश्न र जिज्ञासा उठाउनुभएको थियो । सरकारमा अझै प्रभावकारी काम होस् भन्ने सांसदहरूको चाहना थियो,’ खतिवडाले भने, ‘त्यसैले मन्त्रीले सांसदका गुनासा र प्रश्नको जवाफ दिइरहनु भएको छ ।’
बैठकमा पार्टीका पदाधिकारी र शीर्ष नेताले जवाफ दिनेछन । कांग्रेसले आजबाट शुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रभावकारी रुपले प्रस्तुत हुने तयारी गरेको छ ।
यस घि संसदमा अड्किएर बसेका विधेयकलाई पारित गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा