काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन् । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।
सोनाम ल्होसार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए । उनले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको जिकिर गरे ।
राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग भएको बताउँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतले गरे ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति पौडेलद्वारा हजयात्रीलाई शुभकामना
आधुनिक पद्धति र प्रविधिको प्रयोगबाट न्यायमा पहुँच स्थापित गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछ : राष्ट्रपति पौडेल