काठमाडौँ । रुसले आफ्नो अनुमतिविना युक्रेनमा आएका विदेशी शान्ति सेनालाई आक्रमण गर्ने बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार त्यस्ता शान्ति सेना आफ्ना वैधानिक निशाना हुने रुसले बताएको छ ।
हालै युरोपेली अधिकारीहरूले संयुक्त राष्ट्रसंघअन्तर्गत युक्रेनमा शान्ति सेना पठाउन सकिने प्रस्ताव राखेको समाचार आएपछि रुसको यस्तो चेतावनी आएको हो ।अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग बन्द गर्ने कुरा आएको समयमा युरोपेली पक्षबाट शान्ति सेनाको कुरा आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने कम्तीमा २ लाख युरोपेली शान्ति सैनिक आवश्यक हुने बताउँदै आएका छन् ।
जेलेन्स्कीलाई रुसले कार्यकाल सकिएर पनि सत्तामा टाँसिरहेको भन्दै अवैध राष्ट्रपतिको उपमा दिँदै आएको छ । यद्यपि वार्ताको लागि युक्रेन र रुस दुवै तयार भएको सार्वजनिक भइसकेको छ । यो सबै घटना अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ माघ २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु