काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार भएको बताएका छन्।
सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी अधिवेशन परिणाममुखी बनाउन बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा रहेको दाबी गरे।
उनले भने, ‘आगामी अधिवेशनमा परिणाममुखी बनाउनुपर्छ भन्नेमा केन्द्रित छौँ। सांसदलाई कानून निर्माणमा र राष्ट्रिय नीतिहरूमा बहस पैरवी गर्ने थलो बनाउनुपर्छ भन्नेमा हामी सत्ता र प्रतिपक्षी एक ठाउँमा छौँ।’
उनले अध्यादेशमा विपक्षीहरूले आफ्नो कुरा राख्न पाउने छुट भएको बताए। उनले भने, ‘अध्यादेश भनेको सरकारको संवैधानिक अधिकारको कुरा हो। उहाँहरूले आफ्नो हिसाबले राख्न छुट छ। अहिले हामी सांसदलाई व्यवस्थित गर्ने भन्नेमा छौँ। उहाँहरूको प्रश्न र खबरदारी गर्ने कुरा उहाँहरूको हो। सांसदलाई रचनात्मक र प्रभावकारी बनाउनुपर्छ भन्नेमा एक ठाउँमा छौँ। सरकारबाट बिजनेसको कुनै कमी हुँदैन। हामी संसदको प्रभावकारीका कायम बनाउनुपर्छ भन्नेमा केन्द्रित छौँ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश