काठमाडौं । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका छन् । आइतबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले उक्त विधेयकबारे धारणा माग गरेका हुन् ।
संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् । उनले आजै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संसद् अधिवेशन, विधेयक, बिजनेस लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख घिमिरेले संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकबारे धारणा मागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो ? अगाडि बढाउने कि नबढाउने ? यो विषयमा प्रष्ट पानुपनर्यो,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘संवैधानिक परिषदसम्बनधी विधेयक संसद्मा गएर अड्कियो भन्ने छ । यसमा के गर्ने हो ? भनेर प्रश्न उठाउनुभयो ।’
यसबारे एमाले मुख्य सचेतक महेश बर्तौलाले सभामुखलाइ जवाफ दिएका थिए । उनले संसद्मा विचाराधिन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने सभामुखलाई बताएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलील सम्बोधन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे