एजेन्सी । गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अहिले पनि रोकिएको छ ।
इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यसपछि, गाजा पट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको हो ।
इजरायलले मुख्य सडक अवरुद्ध गरेको छ । हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेर बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि यो विवाद सुरु भएको हो ।
इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने इजरायली सरकारले बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने भनिरहेको छ । सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्थ्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ माघ २०८१, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो