काठमाडौं । काठमाडौंमा विक्रम लामामाथि आक्रमणमा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले केही दिनअघि काठमाडौंको लाजिम्पाटमा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै