काठमाडौँ । सशस्त्र प्रहरीले बलले आफ्नो संगठनमा आबद्ध १५ जना खेलाडीहरूको विशेष बढुवा गरेको छ । १२ जना खेलाडीहरू प्रहरी जवानबाट पदोन्नति भएर सहायक प्रहरी हवल्दार बनेका छन् ।
२४औँ सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय (नेपाल एपीएफक्लव) मा कार्यरत विभिन्न दर्जाका प्रहरीलाई बढुवा गरिएको हो । महिला फुटबल प्रशिक्षक भगवती थापा प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् ।
महिला फुटबल खेलाडीहरू अनिता केसी र गीता रानाको बढुवा भएको छ । उनीहरू दुवै सहायक हवल्दार बनेका छन् । महिला भलिबल खेलाडीत्रय हीरा केसी, कविता भट्ट र सरु लिम्बू पनि प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भए ।
एथलेटिक्सका दुई खेलाडी गोपिचन्द्र कार्की र फूलमती राना विशेष बढुवामा परेका छन् । उनीहरू दुवैलाई सहायक हवल्दारबाट हवल्दार बनाइएको छ । उसुका दुई खेलाडी अशोक खालिङ र कविता थापा सहायक हवल्दारमा बढुवा भएका छन् । महिला ह्यान्डबलकी बन्दना राई,
क्रिकेटर सन्दीप जोरा पनि प्रहरी जवानबाट बढुवा भएर सहायक हवल्दार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा
गौरवकुमार केसी उपरथीमा बढुवा
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
जनक भट्टराई एआईजीमा बढुवा
डीआईजी जनक भट्टराई एआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस