काठमाडौँ । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केही समयअघि जङ्गी अड्डाले केसीलाई सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारीअघि उनले नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखका रूपमा कार्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १८ : ४८
लेखकबाट थप