काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।
यसैगरी, सार्वजनिक लेखा समिति बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै