काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।
सोमबार उनी संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार धरानलाई खानेपानी माग्दै रित्तो गाग्रीसहित सिंहदरवार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् ।
खानेपानी समस्या लिएर सांकेतिक रूपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान लागेका मेयर सम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ। यति बेला सिहंदरवार परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । सिहंदरवारभित्र पनि प्रहरीको बाक्लो उपस्थिति छ।
गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
धरानमा पानी सधैँको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । मेयर साम्पाङले चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह’
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा