काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताए ।
‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै
संसद् पुन:स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप
एमालेमा किन अटाउन सकेनन पुष्पलाल देखि मदन भण्डारीसम्मका परिवार !
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ