काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताए ।
‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह