काठमाडौं। नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-३ ठेगाना भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने ३० वर्षीय राजु कार्कीलाई रहेका छन् ।
कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखि रकम दिन र आफूसँग भएको जग्गा जमिन पीडितको नाममा पास गरिदिन्छु भनी झुट्टा विश्वास दिलाई ३ लाख रूपैयाँ लिई फरार भएका थिए ।
पीडितको उजुरीपछि कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ