रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा बोकेको ई रिक्सा र २ मोटरसाइकल सहित चालकलाई पक्राउ गरेको छ।
गौर चन्दनिगाहपुर सडक खण्ड अन्तर्गत झुनखुनवा चोकमा चेकजाँचको क्रममा प्रहरीले भन्सार छलीको कपडा बोकेको मधेस प्रदेश ०३–००१ ह ३२०२ नम्बरको ई रिक्सासहित चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चालक ईशनाथ नगरपालिका २ का ३० वर्षीय शम्भु साह तेलीसहितलाई आवश्यक कारबाहीका लागि शुक्रवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसाद द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। बरामद कपडा र ई रिक्साको कुल ६ लाख ८७ हजार मूल्याङ्कन गरिएको समेत प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको गस्ती टोलीले अवैध भारतीय चप्पलसहित २ थान मोटरसाइकल बरामद गरेको छ।
भारतीय बजारबाट चोर बाटो हुँदै ल्याउँदै गरेको वीआर ०५ जी ०६२७ र वीआर ०६ एजी ५३१४ नम्बरको २ मोटरसाइकल बरामद गरी कुल २ लाख ३८ हजार रुपैयाँ मूल्याङ्नकसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ