काठमाडौं । संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । जुन बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
श्रम संस्कृती पार्टीले संसद्मा देखायो प्ले कार्ड
संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची