काठमाडौं । संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । जुन बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव
संसद्को लाइभ बन्द हुने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए