काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेको भन्ने हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको परिसरमा पुगेर फुस्स भएको टिप्पणी गरेका छन्।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति समेत रहेका थापाले रास्वपाका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात कात्तिक ३ गतेदेखि नै रास्वपाले अदालतलाई स्वतन्त्रता र निर्भीकतापूर्वक काम गर्न अवरोध गरेको दाबी गरेका हुन्।
अधिवक्तामाथि हातपातको प्रयासपछि रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेको ढाकछोप गर्न खोजेको आरोप लगाए। प्रवक्ता झालाई प्रश्न गर्दै भनेका छन्, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्ध आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लंग छ। सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र आपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ।’
उनले रास्वपाका समर्थकले आफूसहित न्यायाधीशसम्मलाई गाली गरेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प