काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेको भन्ने हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको परिसरमा पुगेर फुस्स भएको टिप्पणी गरेका छन्।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति समेत रहेका थापाले रास्वपाका समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात कात्तिक ३ गतेदेखि नै रास्वपाले अदालतलाई स्वतन्त्रता र निर्भीकतापूर्वक काम गर्न अवरोध गरेको दाबी गरेका हुन्।
अधिवक्तामाथि हातपातको प्रयासपछि रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेको ढाकछोप गर्न खोजेको आरोप लगाए। प्रवक्ता झालाई प्रश्न गर्दै भनेका छन्, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्ध आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लंग छ। सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र आपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ।’
उनले रास्वपाका समर्थकले आफूसहित न्यायाधीशसम्मलाई गाली गरेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत