काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । जुन मूल्य आजदेखि कार्यान्वयनमा आएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २.२४ र डिजेलमा रु ३.५५ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि : कतिमा हुदैछ कारोबार ?
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ