काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ । यो बैठक बिहान ११ बजे सुरु हुनेछ ।
बिहान ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यो बैठक दिउसो १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई संसदीय समितिको बैठक बस्दै
आज १० वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
संसदीय समितिमा हेरफेर
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग