एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेला रे कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बार्सिलोनाले बुधबार राति भएको खेलमा रियल बेटिसलाई ५-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा पक्का गरेको हो। गएराति भएको बेटिससँगको खेलको तेस्रो मिनेटमा जाभीको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। १७ वर्षीय लामिन यामलको सहयोगमा २८ औँ मिनेटमा जुलेस कोन्डेले दोस्रो गोल गरे।
मध्यान्तरपछि राफिन्हा, फेरान टोरेस र यामलले बार्सिलोनाका लागि गोल गरे। बेटिसका लागि ८५ औं मिनेटमा भिक्टर रोक्युले पेनाल्टीमार्फत गोल गरे।
बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो। यसअघि स्पेनिस सुपर कपको उपाधि जित्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ माघ २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि