काठमाडौँ । विपक्षी समाजवादी मोर्चाको माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।
यस्तै कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए ।
‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।
आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ २४ गते काठमाडौँमा विरोध सभा गर्ने समाजवादी मोर्चाको निर्णय
आलोकनगरमा समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
समाजवादी मोर्चाको बैठक बस्दै
समाजवादी मोर्चाको बैठक आज