विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एवं शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी- ४ का ४१ वर्षीय उत्तमकुमार तामाङ, इटहरी- ७ का ४७ वर्षीय दीपकविक्रम साह र सुन्दरहरैचा नगरपालिका- १० का २७ वर्षीय सुमन कोइराला छन् ।
तामाङलाई २०८१ जेठ १७ गते विराटनगर जिल्ला अदालतले १० महिना २० दिन कैदको सजाय तोकेको थियो । यसैगरी साहलाई २०८० मंसिर ७ गतेको आदेशले ७ महिना कैद र ३ हजार जरिबाना तथा कोइरालालाई २०८० पुस १९ गते अदालतले १ महिना १३ दिन कैद सजाय निर्धारण गरेको थियो ।
उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ