विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एवं शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी- ४ का ४१ वर्षीय उत्तमकुमार तामाङ, इटहरी- ७ का ४७ वर्षीय दीपकविक्रम साह र सुन्दरहरैचा नगरपालिका- १० का २७ वर्षीय सुमन कोइराला छन् ।
तामाङलाई २०८१ जेठ १७ गते विराटनगर जिल्ला अदालतले १० महिना २० दिन कैदको सजाय तोकेको थियो । यसैगरी साहलाई २०८० मंसिर ७ गतेको आदेशले ७ महिना कैद र ३ हजार जरिबाना तथा कोइरालालाई २०८० पुस १९ गते अदालतले १ महिना १३ दिन कैद सजाय निर्धारण गरेको थियो ।
उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ