काठमाडौँ । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी