काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधरणसभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए ।
उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताए । उनले विगतमा २०४८ सालमा संविधान,२०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्ने बताए ।
उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताए । उनले केही जनता र उद्योगी व्यवसायीहरूको लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताए । उनले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गर्ने प्रयास गरिरहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ । तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठुला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौँ ।’
महामन्त्री थापाले भने, ‘अहिले सबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौँ । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रूपमा सुधार गरौँ भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन: गगन थापा
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
गगन थापाको अनुभूति : 'त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ'
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा