काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकामा जेसीबीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका- ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुसा छिन् ।
उनलाई नागार्जुन नगरपालिका- ६ ह्वाइट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले शुक्रबार दिउँसो ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
जेसीबी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ