काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकामा जेसीबीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका- ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुसा छिन् ।
उनलाई नागार्जुन नगरपालिका- ६ ह्वाइट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले शुक्रबार दिउँसो ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
जेसीबी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ