काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घर भएका २४ वर्षीय शंकर राना, ३५ वर्षीय राजकुमार राना, २४ वर्षीय भक्त राना र सुर्खेत घर भएर धनगढीमा कपडा पसल सञ्चालन गर्ने ३० वर्षीय अवतार हुसने मातर छन् ।
आरोपीहरुको साथबाट १६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ