काठमाडौँ। मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो ।
मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो ४.४ म्याग्निच्युडको परकम्प रहेको छ । ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएको त्यहाँको रिजनल अर्थक्वेक ब्युरोले जनाएको छ । भूकम्पमा परी १ सय २६ जनाले ज्यान गुमाएका छन् भने १ सय ८८ जना घाइते भएका छन् । त्यस्तै, भग्नावशेषमा फसेका ४ सय ७ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प