 
                                    काठमाडौँ। मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो ।
 मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो ४.४ म्याग्निच्युडको परकम्प रहेको छ । ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएको त्यहाँको रिजनल अर्थक्वेक ब्युरोले जनाएको छ । भूकम्पमा परी १ सय २६ जनाले ज्यान गुमाएका छन् भने १ सय ८८ जना घाइते भएका छन् । त्यस्तै, भग्नावशेषमा फसेका ४ सय ७ जनाको उद्धार गरिएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प