काठमाडौँ । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा किरातीले निगमको प्रयासले मात्र निगम सुधार सम्भव नभएको बताएका हुन् ।
किरातीले आफू मन्त्री हुँदा जहाज किन्न लगाएको टेण्डर प्रक्रिया कहाँ पुग्यो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग प्रश्न गरेका थिए ।
साथै निगमसँग जहाज हुनुपर्ने अनिवार्य सर्त भएका भन्दै उनले जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा घरेलु मैदान नै खाली भएको प्रतिक्रिया राखेका थिए । जहाजको अभावसँगै बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण नभएकाले जनता प्रत्यक्ष मारमा परेको किरातीको भनाइ छ ।
‘मैले जहाज किन्ने टेण्डर लगाएको कहाँ गयो ? सरकार अभिछिन्न उत्तराधिकारी हो कि होइन ?’, मन्त्री पाण्डेसँग किरातीले प्रश्न गर्दै भने ।
आज निगम दुहुना गाई जस्तै भएको, एकल प्रयासले मात्र सुधार सम्भव नभएको भन्दै यसकाल लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती