काठमाडौँ । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा किरातीले निगमको प्रयासले मात्र निगम सुधार सम्भव नभएको बताएका हुन् ।
किरातीले आफू मन्त्री हुँदा जहाज किन्न लगाएको टेण्डर प्रक्रिया कहाँ पुग्यो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग प्रश्न गरेका थिए ।
साथै निगमसँग जहाज हुनुपर्ने अनिवार्य सर्त भएका भन्दै उनले जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा घरेलु मैदान नै खाली भएको प्रतिक्रिया राखेका थिए । जहाजको अभावसँगै बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण नभएकाले जनता प्रत्यक्ष मारमा परेको किरातीको भनाइ छ ।
‘मैले जहाज किन्ने टेण्डर लगाएको कहाँ गयो ? सरकार अभिछिन्न उत्तराधिकारी हो कि होइन ?’, मन्त्री पाण्डेसँग किरातीले प्रश्न गर्दै भने ।
आज निगम दुहुना गाई जस्तै भएको, एकल प्रयासले मात्र सुधार सम्भव नभएको भन्दै यसकाल लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा