सोलुखुम्बु । गएराति सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
सोलुदूधकुण्ड नगरपालिका-२ थुम्लिङमा रहेको एक गोठमा आगलागी हुँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा माप्य दूधकोशी गाउँपालिका-१ घर भइ थुम्लिङमा बस्दै आएका अन्दाजी ४० वर्षीय नवराज खालिङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
गएराति करिब १२ बजे भएको खालिङको मृत्यु भएको हो। उनले चुरोट खाने क्रममा गोठमा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि